ओली पक्ष एक कदम पछि, अदालतको निर्णय कार्यान्वयन, प्रधानमन्त्री पनि छोड्ने संकेत – Janadesh Daily | ePaper

ओली पक्ष एक कदम पछि, अदालतको निर्णय कार्यान्वयन, प्रधानमन्त्री पनि छोड्ने संकेत


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा स्थायी कमिटी बैठक केही निर्णय गर्दै सकिएको छ । ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले सर्वोच्च अदालतले मङ्गलवार गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

अदालतको आदेश बमोजिम निर्धारित समयमै संसद बैठक आह्वान हुने नेता ज्ञवालीले बताए । त्यस्तै समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ कि हुन्न भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिइसकेपछि अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने बताए । तत्कालै राजीनामा नआउने संकेत गर्दै उहाँले अन्य दलसँग परामर्श गरेर यसबारे निर्णय लिइने जानकारी दिए । ओली पक्षले परिस्थिति आँकलन गरेर पद छोड्ने संकेत गरेको छ ।

प्रतिनिधिसभाको अधिवेशन निर्धारित समयमै बोलाइने बताउँदै ज्ञवालीले त्यसपछिको दृश्य कस्तो हुन्छ भन्नेबारे सबै पक्षसँग छलफल गर्ने निर्णय समेत गरेको जानकारी दिएका छन् ।

त्यस्तै स्थायी कमिटी बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारित कार्यक्रमहरूबारे पुनर्विचार ‍गर्ने निर्णय गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्