नेतृ भुसालको चेतावनी : राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्छौं – Janadesh Daily | ePaper

नेतृ भुसालको चेतावनी : राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्छौं


जनादेश, काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले संविधानको हत्या गर्ने राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने बताएकी छन् ।

काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी समेत दिएकी छन् । ओलीमा अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताउँदै भसालले भनिन् ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ’ ।

‘यसतै, प्रधानमन्त्रीले संविधानको हत्या र राष्ट्रपतिले त्यसको टीका लगाउने काम गरेको बताउँदै उनले भनिन् पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमा याचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस्, प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो’, ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्