ओलीको सेटिङमा देश नचल्ने कुरा सर्वोच्चले प्रमाणित गरिदियो : नेता पाण्डे – Janadesh Daily | ePaper

ओलीको सेटिङमा देश नचल्ने कुरा सर्वोच्चले प्रमाणित गरिदियो : नेता पाण्डे


जनादेश, काठमाडौँ ।

नेकपा प्रचण्ड नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीको सेटिङमा देश नचल्ने कुरा सर्वोच्चले प्रमाणित गरिदिएको बताएका छन् । भरतपुरमा आयोजना गरिएको विजय सभालाई सम्बोधन गर्दै पाण्डेले ओली सेटिङ समाप्त भएको बताएका हन् ।

सर्वोच्च अदालत र न्यायाधीशहरूलाई धन्यवाद दिदैँ पाण्डेले भने ‘हिजो बेलुका एउटा प्रमाणित भयो ओली सेटिङ टाइँ टाइँ फिसु’, ओली सेटिङ गयो, समाप्त भयो, यो प्रतिगमन विरोधी आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद छ। सर्वोच्च अदालत र न्यायाधीशहरूलाई अझ धेरै धन्यवाद पार्टीकोतर्फबाट।

उनले अब ओलीको सेटिङ नचल्ने भन्दै सबै नेता कार्यकर्तालाई एकजुट हन आग्रह गरेका छन् । ओलीले राजीनामा दिनपर्ने बताउँदै पाण्डेले भने,’ प्रधानमन्त्री जीले अब राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्‍यो, तपाईं यो पदमा बस्ने हैसियत राख्नु हुन्न।’

यस्तै, ओलीलाई प्रधामन्त्री पद नरुचको बताउँदै नेता पाण्डेले भन,’केही दिनअघि ओलीजी यहीँ आएर भन्नुभएछ, कहाँ छौ सांसदहरू तीन-तीन जनारु म भएको भए माडीमा एउटा राम मन्दिर बनाउने थिएँ। म माडीका मेयरलाई भन्न चाहन्छु, माडीमा राममन्दिर बनाउने विषयमा चितवनबाट निर्वाचित सबै सांसदले सहयोग गर्छौं, म एउटा प्रस्ताव गर्न चाहन्छु प्रधानमन्त्री तपाईंलाई रुचेन, त्यहाँ मन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऊँ। त्यसो भएपछि उहाँलाई त्यसैले चित्त बुझ्छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्