सांसदलाई उपत्यका नछाड्न प्रचण्ड–माधव समूहको निर्देशन – Janadesh Daily | ePaper

सांसदलाई उपत्यका नछाड्न प्रचण्ड–माधव समूहको निर्देशन


जनादेश, काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको छ।

बुधबार बसेको संसदीय दलको बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन दिएका हुन्। ८० जना सहभागी बैठकमा उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल फर्किन पनि निर्देशन दिइएको छ।

सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला गरेपछि चितवनमा रहेका प्रचण्ड–नेपाल बुधबार बिहान काठमाडौं आएका थिए।

प्रधानमन्त्रीबाट केपी शर्मा अ‍ोलीलाई हटाउन प्रचण्ड–नेपालले आन्तरिक छलफललाई तिव्रता दिएका छन्। उनीहरुले बुधबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। भेटमा कांग्रेसलाई सत्ता साझेदारको प्रस्ताव राखेको बुझिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्