भारतमा दोस्रो चरणको कोरोना खोप अभियान घोषणा, ६० वर्ष माथिका सबैलाई – Janadesh Daily | ePaper

भारतमा दोस्रो चरणको कोरोना खोप अभियान घोषणा, ६० वर्ष माथिका सबैलाई


अन्तर्राष्ट्रिय अपडेट ।

भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका सुरु हुन लागेको जानकारी दिएका हुन्।

मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाइने छ । त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरूले बताएका छन्।

सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरूले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको छ।

खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरू तोकिएको छ। निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरू खोलिएका छन्।

निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन/चार दिनपछि तोकिदिने केन्द्रीय मन्त्री जवादेकरले जानकारी दिए। भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्।

कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुकहरूको अग्रपङ्त्तिंmमा पर्ने भारतले गत जनवरी १६ देखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो। दोस्रो चरणमा लगाउनका लागि हामीसँग झण्डै १४ लाख खोप तयारी अवस्थामा रहेको छ। ‘यो खोप अधिकांश वृद्धवृद्धालाई नै दिइने छ,’ मन्त्री जवाडेकरले भने।

भारतमा पहिलो चरणमा स्वास्थ्यकर्मीसहित अग्रपङ्क्तिंमा खटिएका व्यक्तिहरूलाई खोप लगाउने व्यवस्था गरिएको थियो । भारतमा प्राथमिकता क्रम निर्धारण गरेर खोप लगाउने गरिएको छ । भारत आफैँले उत्पादन गरेको खोप लगाउने अभियान चलिरहे पनि कोरोनाबाट मृत्यु हुनेक्रम रोकिएको छैन।

बुधबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा १०४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी सोही अवधिमा १३ हजार ७४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरूको यो सङ्ख्या अघिल्लो दिनको भन्दा धेरै हो।

भारतले आफूले उत्पादन गरेको खोप आफ्ना नागरिकसँगै विश्वका धेरै देशलाई पनि प्रदान गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्