स्पेनिस ला लिगामा बार्सिलोनाको जित, मेस्सीको दुई गोल – Janadesh Daily | ePaper

स्पेनिस ला लिगामा बार्सिलोनाको जित, मेस्सीको दुई गोल


स्पोर्ट्स अपडेट ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एल्चीलाई ३–० ले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेस्सीले दुई तथा जोर्डी अल्बाले एक गोल गरे । मेस्सीले ४८ र ६८ औँ तथा अल्बाले ७३ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २४ खेलबाट ५० अंक भएको छ । २३ खेलबाट २१ अंक भएको एल्ची पुछारबाट दोस्रो स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्