च्याम्पियन्स लिग फुटबलः रियल मड्रिडको संघर्षपूर्ण जित – Janadesh Daily | ePaper

च्याम्पियन्स लिग फुटबलः रियल मड्रिडको संघर्षपूर्ण जित


जनादेश स्पोर्ट्स् ।

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित दर्ता गरेको छ।

अन्तिम १६ को पहिलो लेग अन्तर्गत बुधबार राति अवे मैदानमा भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई १–० ले पराजित गरेको हो ।

१७ औँ मिनेटमा रेमो फ्रेउलेर सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एट्लान्टा १० खेलाडीमा सीमित भयो । तर पनि रियल मड्रिडलाई गोल गर्नका लागि अन्तिम समय पर्खिनु परेको हो ।

रियलका लागि ८६ औँ मिनेटमा फेर्ल्याण्ड मेन्डीले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो लेग आउँदो मार्च १६ मा रियल मड्रिडको मैदानमा हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्