कांग्रेस पदाधिकारी बैठक आज, के गर्ला निर्णय – Janadesh Daily | ePaper

कांग्रेस पदाधिकारी बैठक आज, के गर्ला निर्णय


जनादेश अपडेट ।

संसद विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको विघटन बदर गरेपछिको अवस्थाबारे नेपाली कांग्रेस छलफलमा जुट्ने भएको छ ।

त्यसका लागि बिहीबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेका लागि बोलाइएको छ । सो बैठकमा पार्टीका पूर्वपदाधिकारी समेत सहभागी हुने छन् ।

सो बैठकमा बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद पुनर्स्थापनापछि कांग्रेसको रणनीति, नेकपा दाहाल–नेपाल समूहको प्रस्तावसहितका विषणमा छलफल हुनेछ ।

सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओली धरापमा परेका छन् । नेकपाको दाहाल–नेपाल समूह नयाँ सरकार गठनको कसरतमा छ र सो प्रक्रियामा नेपाली कांग्रेस निर्णायक हुने देखिएको छ ।

यस्तोमा कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो । यसअघि बुधबार पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति देउवालाई भेटेर सरकार गठनका सम्बन्धमा आफ्नो प्रस्ताव पेश गरेका थिए । पार्टीमा छलफल गरेर जवाफ दिने बताएका देउवाले सोही विषयमा छलफल गर्न बैठक डाकेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्