गरिवी निवारणमा चीनको लोभलाग्दो उपलब्धि, बेइजिङमा आयोजित सभामा राष्ट्रपति सीको भाषण – Janadesh Daily | ePaper

गरिवी निवारणमा चीनको लोभलाग्दो उपलब्धि, बेइजिङमा आयोजित सभामा राष्ट्रपति सीको भाषण


जनादेश, काठमाडौँ ।

चीनले ग्रामीण गरिबी उन्मूलनको लक्ष्यमा सफलता हासिल गरेको घोषणा गरेको छ ।

ग्रामीण गरिबी उन्मूलनमा विजयी भएको भन्दै आज राजधानी बेइजीङस्थित ग्रेट हल अफ पिपल्समा विशेष कार्यक्रमको आयोजना गरिएको छ । चिनियाँ सरकारी मिडियाले १० करोड नागरिकलाई गरिबी रेखाबाट हटाउनमा राष्ट्रपति सी चिन फिङको ८ वर्षे कार्यकाललाई श्रेय दिएका छन् ।

गत डिसेम्बरमा सीले १० करोड जनतालाई गरिबीबाट हटाएको घोषणा गर्दै सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी सिसीपीको एक सयौं वर्षगाँठको उपहार दिएको बताएका थिए ।

ग्रेट हलमा आयोजित समारोहमा बोल्दै सीले गरिबी उन्मूलन पार्टी नेतृत्वका मृत्युपत्र र राजनीतिक प्रणालीको उपलब्धिकोरुपमा व्याख्या गरे । उनले चिनियाँ चिनिया कम्युनिष्ट पार्टीको नेतृत्व र चीनको सामाजिक प्रणाली जोखिम, चूनौति र कठिनाईविरुद्धको आधारभूत सिद्दान्त भएको दाबी पनि गरेका छन् ।

सीले विगत ८ वर्षमा गरिबी उन्मूलनका लागि १ दशमलब ८ ट्रिलियन युआन लगानी गरिएको बताए । कार्यक्रममा गरिबी लडाईमा मुख्य भुमिका निर्वाह गर्ने अधिकारीलाई सम्मानपत्र दिएर सम्मान गरिएको छ ।

चीनले वार्षिय प्रति व्याक्ति आय ६ सय २० डलर अर्थात दैनिक १ दशमलब छ नौ डलर आय भएकालाई चरम गरिबीको रुपमा परिभाषित गरेको छ । तर विश्व बैंकले दैनिक करिब २ डलर भन्दा कम आय भएकालाई गरिबको रुपमा परिभाषित गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्