भारत र पाकिस्तानबीच ऐतिहासिक र दुर्लभ सहमति, कश्मिर क्षेत्रको सीमामा गोलाबारी नहुने – Janadesh Daily | ePaper

भारत र पाकिस्तानबीच ऐतिहासिक र दुर्लभ सहमति, कश्मिर क्षेत्रको सीमामा गोलाबारी नहुने


जनादेश, काठमाडौँ ।

भारत र पाकिस्तानी सेनाबीच सिमा क्षेत्रमा तनाब रोक्ने ऐतिहासिक र दुर्लभ सहमति भएको छ । वार्तापछि दुइ मुलुक सेनाबीच नियन्त्रण रेखा र अन्य इलाकामा सिमापार गोलाबारी रोक्ने सहमति भएको हो ।

दुइ मुलुकका सेनाद्धारा जारी संयुक्त वक्तब्यमा मध्यरातिबाट सवै सहमति र युद्धविराम पालना गर्ने उल्लेख छ । दुवै तर्फबाट नियन्त्रण रेखामा युद्धविराम उल्लंघन भइरहेको आरोपप्रत्यारोपकाबीच सैन्य अभियान महानिर्देशक डिजीएमओबीच वार्ता भएको हो । सैनिक अधिकारीबीचको हटलाइन वार्तामा सिमा क्षेत्र र त्यस आसपासका क्षेत्रको परिस्थिति बारे पनि छलफल भएको जनाइएको छ ।

यसैबीच भारतीय सेनाले नियन्त्रण रेखा र जम्मू कश्मिरको भित्रि भागमा चरमपन्थी विरोधी कारबाही र पाकिस्तानी सेना समर्थित चरमपन्थीको घुसपैठ रोक्न कुनै ढिलाई नगर्ने स्पष्ट पारेको छ । सन् २ हजार ३मा भएको सम्झौतामा दुवै पक्षले सिमा क्षेत्रमा युद्धविरामको पालना गर्ने उल्लेख छ । तर सन् २ हजार १२ मा भारतले इस्लामवादले युद्धविराम सम्झौता भंग गरेको आरोप लगाएपछि सिमा क्षेत्रमा तनाब बढेको हो ।

सिमा विवादलाई लिएर दक्षिण एशियाका आणविक सम्पन्न भारत र पाकिस्तानबीच ३ पटक भिषण युद्ध समेत भइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्