कांग्रेस सरकारमा जाने कि नजाने ? बुढानिलकण्ठ बैठकको यस्तो निर्णय – Janadesh Daily | ePaper

कांग्रेस सरकारमा जाने कि नजाने ? बुढानिलकण्ठ बैठकको यस्तो निर्णय


जनादेश, काठमाण्डौ । नेपाली कांग्रेसले अहिलेसम्म संसदभित्र विपक्षी दलकै भूमिकामा रहेको र नेकपाको विवाद नटुङ्गिए सम्म नयाँ निर्णय गर्न नहुने निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतले संसदको पुनर्स्थापना गरेपछिको अवस्थामा पार्टीको धारणा तयार गर्न आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनापछिको समीकरणका विषयमा सबै कुरा नेकपासँगै निर्भर भएको र कांग्रेसले भूमिका निभाउने बेला नभएको ठहर गरेको हो । बैठकपछि सह-महामन्त्री डा. प्रकाशसरण महतले नेकपा नफुटेको र संसदीय दलको नेता ओली नै रहेकाले अविश्वासको प्रस्ताव अघि बढ्ने कि नबढ्ने भन्ने टुङ्गो नलागेपछि थाहा लाग्ने बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया अघि नबढेसम्म कांग्रेसले कुनै निर्णय नगर्ने बताए । पदाधिकारी बैठकबाट निस्केपछि प्रतिक्रिया दिँदै उनले सरकारमा जाने, अविश्वासको प्रस्तावमा सघाउने लगायतका विषयमा तत्काल निर्णय नलिने बताए ।

संसदमा अहिले नेकपाका दुवै समूहले गरेका प्रस्ताव कांग्रेसले नमान्ने उनको भनाई छ । तर प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा दिन उपयुक्त हुने नेता पौडेलको भनाई छ ।

प्रतिनिधि सभा पुनःस्थापना भएसँगै नेपाली कांग्रेसमा नयाँ विवादको विजारोपण भएको भएको बताइएको छ ।

भावी सरकारमा कांग्रेस जान हुने कि नहुने भन्ने विषयमा कांग्रेसभित्र मतभिन्नता देखिएको हो। सभापति देउवा र संस्थापन पक्षमाथि अहिले सरकारमा जाने बाटो तय गर्न नहुने दबाब बढिरहेको छ । नेकपाका दुवै पक्षले कांग्रेससँग सहकार्यको प्रस्ताव गरेपछि कांग्रेसमा मत भिन्नता देखिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्