संसद पुनर्स्थापनापछि पहिलो पटक भारतको प्रतिक्रिया, विदेश मन्त्रालयले के भन्यो – Janadesh Daily | ePaper

संसद पुनर्स्थापनापछि पहिलो पटक भारतको प्रतिक्रिया, विदेश मन्त्रालयले के भन्यो


जनादेश अपडेट ।

भारतले नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिका विषयमा भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै नेपालमा उत्पन्न पछिल्लो राजनीतिक मुद्दालाई आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंग्याउने विषय भनेका छन् ।

श्रीवास्तवले भनेका छन्, ‘हामी के विश्वास गर्छौं भने यो नेपालको आन्तरिक मामिला हो र नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंगो लगाउने विषय हो । २३ जनवरीमा नेपालको सर्वोच्च अदालतले गरेको फैसला हामीलाई थाहा छ । केही महिनायता नेपालको राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट हेरिरहेका छौं ।’ यसअघि प्रतिनिधिसभा विघटनलगत्तै पनि भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको थियो ।

नेपालले यस किसिमका आन्तरिक विषयलाई आफ्नो लोकतान्त्रिक पद्धति र प्रणालीमार्फत निर्णय गर्नेमा भारतको विश्वास रहेको पनि श्रीवास्तवले बताए ।

यसअघि प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय सम्बन्धमा पनि भारतले आन्तरिक मामिला नै भनेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्