ओलीका सम्भावित दुई तयारीः राष्ट्रपति र प्रधानमन्त्रीबीच शितल निवासमा डेढघण्टा भेटवार्ता – Janadesh Daily | ePaper

ओलीका सम्भावित दुई तयारीः राष्ट्रपति र प्रधानमन्त्रीबीच शितल निवासमा डेढघण्टा भेटवार्ता


‌जनादेश वाच ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अध्यादेश ल्याउने संकेत गरेका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब डेढ घन्टा भेटवार्ता गरेर प्रधानमन्त्रीले यस्तो संकेत गरेका हुन् ।

विहिबार साँझ ७ बजेर १० मिनेट जाँदा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली ८ बजेर ५० मिनेटमा बालुवाटार फर्केका थिए ।

सर्वोच्चको पाँच सदस्यीय संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गर्दै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश गरेपछि बिहीबार शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले आगामी राजनीतिक कदमबारे छलफल गर्न राष्ट्रपति भण्डारीसँग भेटेका हुन्।

संसद विघटनको कदम सर्वोच्च अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनेबारे पनि दलहरुबीच अनौपचारिक छलफल भइरहेका अवस्थामा प्रधानमन्त्री शीतलनिवास पुगेका थिए । यद्यपि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति हटाउनेबारे आफूहरुले नसोचेको सार्वजनिकरुपमा नै बताइरहेका छन् ।

बुधबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सूर्य उदाउँदा पनि रातै हुने र अस्ताउँदा पनि रातै हुने भन्दै आफ्नो प्रधानमन्त्रीत्वकालको अन्त्य हुन लागेको संकेत गरेका थिए।

सम्भावित दुई तयारी

प्रधानमन्त्री ओली परिस्थिति अनुसार २ तयारीमा छन् । उनी सहज अवस्थामा संसद बैठक बोलाइ हाल्ने र असहज हुने देखिए दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर मात्र बेठक बोलाउने रणनीतिमा रहेको बताइन्छ ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसदको बैठक कहिले डाक्ने र आवश्यक परे दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने भन्नेबारे छलफल भएको बुझिएको छ। दल विभाजनका लागि अध्यादेश ल्याउनु परे संसद बैठक सुरु हुनु अघि नै ल्याउनु पर्ने भएकाले ओलीले विद्या भेटेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्