घुम्टेको विकास र मुर्तिकला सङ्ग्रहालय बनाउन बहस – Janadesh Daily | ePaper

घुम्टेको विकास र मुर्तिकला सङ्ग्रहालय बनाउन बहस


बलेवा ।

बागलुङको गलकोटका दुई पर्यटकीय क्षेत्रको विकासका लागि एकमुष्ट साझेदारीको बजेट विनियोजन भएपछि सरोकारवालाबीच बहस शुरु भएको छ ।

गलकोट नगरपालिका–५ टेउवामा राष्ट्रिय मूर्तिकला सङ्ग्रहालय निर्माण र गलकोटकै पहिचान घुम्टेको धुरी जोड्ने पहुँच मार्ग निर्माणका लागि एकमुष्ट बजेट विनियोजन भएको छ । दुईवटा योजनाको समानान्तर विकास र प्रभावित क्षेत्रका सर्वसाधारणको हितमा हुने गरी काम थाल्न गलकोट नगरपालिकाले सर्वपक्षीय छलफल थालेको हो । टेउवामा अन्तक्र्रिया गरेर वडा कार्यालयले सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गलकोट नगरपालिकासँग ६०/४० को अवधारणाअनुसार बजेट विनियोजन गरेको छ । दुवै योजनाका लागि रु सात करोड विनियोजन भएपछि कुन योजनाको काम पहिले गर्ने भन्ने विषयमा आन्तरिकरुपमा विवाद नहोस् भनेर छलफल थालेको वडाले जनाएको छ ।

घुम्टे र मूर्तिकला सङ्ग्रहालयले गलकोटसँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धन हुने भन्दै दुवै योजनाको समानान्तर विकासका लागि पहल थालिएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । उहाँले मूर्तिकला सङ्ग्रहालय र घुम्टेलाई जोडेर विकास गर्नाले गलकोटका जनताको आर्थिक अवस्था समृद्धि हुने बताउनुभयो । सङ्ग्रहालय र घुम्टेको पूर्वाधार निर्माणको लागि निर्माण गरिएको डिपिआरअनुसार कार्ययोजना बनाएको उहाँले बताउनुभयो ।

गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले सरकार तथा आमनागरिकको साझा लगानीमा निर्माण गरिएकाले सङ्ग्रहालयको संरक्षण गर्ने जिम्मेवारी सबैको रहेको बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्