ओलीले महाराज ठानेको भन्दै प्रचण्डले शिक्षकहरुलाई गरे यस्तो अपिल – Janadesh Daily | ePaper

ओलीले महाराज ठानेको भन्दै प्रचण्डले शिक्षकहरुलाई गरे यस्तो अपिल



जनादेश, काठमाण्डौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजा ठानेको भन्दै ओलीको निरंकुशता पन्छाउन शिक्षकहरुको महत्वपूर्ण भूमिका भएको बताएका छन् ।

नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलाहरुलाई शनिबार सम्बोधन गर्दै दाहालले ओलीले आफूलाई महाराजधिराज नै भएको ठानेर आलोचना पनि नसहने र अरुको कुरै नसुन्ने प्रवृत्ति देखिएकाले ओलीको निरंकुशता ढाल्न शिक्षकहरु सक्रिय हुनुपर्ने बताए ।

ओलीसँग सम्झौता जस्तो पनि गर्ने तर, कार्यान्वयन कहिल्यै नर्गने प्रवृत्ति देखिएको प्रचण्डको दाबी छ । ‘पुस ५ गते हाम्रै पार्टीका प्रधानमन्त्रीले नै प्रतिगमनको अगुवाइ गर्ने कार्य गर्नुभयो। अचम्म लाग्दो यो घटना नेपालको कम्युनिष्ट आन्दोलनले देख्नु पर्‍यो’, दाहालले भने, ‘२ महिनादेखि हामी कम्युनिष्ट आन्दोलनले पाएको उपलब्धी रक्षाग र्न सडकमा आउन परेको छ । यो अनौठो भयो। विश्वले शान्ति प्रक्रियामा भएका सहज कामहरुको रुपमा लियो। अहिले फेरि छोटै समयमा आफैंले बनाएको संविधानमाथि कम्युनिष्ट पार्टीबाटै निर्मम प्रहार भयो ’

एमालेलाई बहुमत दिलाउने र ‘जनयुद्ध’लाई गाउँ गाउँमा पुर्‍याउनुमा शिक्षकहरुको भूमिका भएको भन्दै प्रचण्डले समाजवादउन्मुख संविधान कार्यान्वयनको चरणमा रहेकाले शिक्षकहरुले नै नगर र टोल-टोलदेखि सबैसँग सम्वन्वय गरेर जनताको जीवनस्तर उकास्दै लैजानुपर्ने धारणा राखे ।

कम्युनिष्ट आन्दोलनलाई कालो पोत्ने वा धव्बा लगाउने गरि कम्युनिष्ट पार्टीबाटै आएको कदम आश्चार्यजनक रहेको उनको भनाइ छ। शिक्षकहरुको वामपन्थीप्रति आर्कषण बढ्नुमा हाम्रो माटोको भूमिका रहेको उनको दाबी छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्