नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन: महामन्त्री कोइराला – Janadesh Daily | ePaper

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन: महामन्त्री कोइराला


स्ववियु निर्वाचनको मिति सारौँ : शशाङ्क कोइराला « Kathmandu Pati

बागमती । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताउनुभएको छ ।

रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उहाँले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।”

महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताउनुभयो । सो अवसरमा रेडियोको संस्थागत विकासमा उल्लेखनीय योगदान पु¥याएबापत राससकर्मी रिपेश दाहाललाई सम्मान गरिएको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्