माधव नेपालमाथि ईश्वर पोखरेल र विष्णु रिमालको आक्रोशः क्षुद्र र अनैतिक दबाब किन ? – Janadesh Daily | ePaper

माधव नेपालमाथि ईश्वर पोखरेल र विष्णु रिमालको आक्रोशः क्षुद्र र अनैतिक दबाब किन ?


जनादेश सोसल मिडिया वाच ।

संसद पुनर्स्थापना भएपछि नैतिकताको आधारमा प्रधानमन्त्री पद छोड्न केपी ओलीलाई दबाब दिएको भन्दै पूर्वएमाले नेताहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । खासगरी केपी ओली पक्षका नेताहरुले पूर्वएमालेहरुले यस्तो प्रश्न सोध्न नमिल्ने दाबी गरेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपालमाथि प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गरेका छन् । तत्कालीन मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले संसद् भंग गर्दा अदालतले पुनःस्थापना गरिदिएको घटना नेपाललाई ओली समूहका नेता पोखरेलले स्मरण गराएका हुन् ।

उनले शनिबार साझा ट्वीट गर्दै,’ताजा जनादेशका लागि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो । मनमोहन अधिकारीले अस्वस्थता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो ।’

त्यतिबेला एमालेले अदालतको निर्णयविरुद्ध सडक आन्दोलनको नेतृत्व नेपालले गरेको थियो । उनले यस्तो पृष्ठभूमिसित गाँसिएका नेपालले समेत नैतिकताको हवाला दिएको भन्दै प्रश्न उठाए ।

‘यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिँदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दबाब दिइरहेका छन् । यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ?.’ पोखरेलको प्रश्न छ ।

ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ साल भदौ १२…

Posted by Ishwar Pokhrel on Saturday, 27 February 2021

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि मनमोहनकै पालाको घटना स्मरण गराएका छन् ।

संसद्को सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने यस अघिकै जस्तो कुरा गर्दा केको आपत्ति भन्दै उनको थप प्रश्न छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्