बाबुराम भट्टराईको आक्रोशपूर्ण ट्वीट- पूरानै कुराबाट नयाँ परिणाम खोज्नु पागलपन – Janadesh Daily | ePaper

बाबुराम भट्टराईको आक्रोशपूर्ण ट्वीट- पूरानै कुराबाट नयाँ परिणाम खोज्नु पागलपन


जनादेश सोसल मिडिया वाच ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि सरकार बनाउने खेल सुरु भएको भन्दै चिन्ता प्रकट गरेका छन्।

उही काम दोहोर्‍याएर फरक नतिजा खोज्नु पागलपन भएको भन्दै डा. भट्टराईले दलहरूलाई सांसदको टाउको गन्ने खेलतिर नलाग्न चेतावनी दिएका हुन्।

‘आइन्स्टाइटन भन्थे– पुरानै कुरा दोहोर्याउनु अनि नयाँ परिणाम खोज्नु पागलपन हो। संसद् पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ,’ शनिबार राति डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैले आत्मसमीक्षा गर्ने कि?’

उपचारका सिलसिलामा हाल डा. भट्टराई भारतको नयाँदिल्लीमा छन् । बहुआयामिक र अभूतपूर्व जटिलताबीच डाकिएको संसद अधिवेशन कसरी अघि बढ्ला भन्ने चासो व्यक्त भैरहेको बेला बाबुरामको ट्वीट आएको हो ।

विगतका संसद विघटन र पुनःस्थापनापछिका अधिवेशनभन्दा यो संसद अधिवेशन फरक देखिन्छ। पुनःस्थापित यो संसदमा नेता र दलहरु नैतिक, राजनीतिक, संवैधानिक र कानुनी संकटमा जेलिएका छन्।

यो पनि हेर्नुस्- माधव नेपालमाथि ईश्वर पोखरेल र विष्णु रिमालको आक्रोशः क्षुद्र र अनैतिक दबाब किन ?

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्