कोरोना महामारीः गत २४ घण्टामा साढे ८ हजार जनाको मृत्यु – Janadesh Daily | ePaper

कोरोना महामारीः गत २४ घण्टामा साढे ८ हजार जनाको मृत्यु


अन्तर्राष्ट्रिय अपडेट ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा आठ हजार ३९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय ५४ जना रहेका छन् भने ६३ हजार आठ सय ३४ जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा एक हजार दुई सय ७५ जनाको मृत्यु भएको छ भने ५९ हजार चार सय ४८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा मेक्सिकोमा सात सय ८२, रुसमा चार सय ३९, बेलायतमा दुई सय ९०, फ्रान्समा एक सय ८५, इटालीमा दुई सय ८०, जर्मनीमा एक सय ६८, पोल्यान्डमा तीन सय तीन, दक्षिण अफ्रिकामा एक सय ५७, युक्रेनमा एक सय ५१, इन्डोनेसियामा एक सय ९५, पेरुमा दुई सय पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्