ला लिगा फुटबलः मेस्सी चम्किँदा बार्सिलोनाको सहज जित – Janadesh Daily | ePaper

ला लिगा फुटबलः मेस्सी चम्किँदा बार्सिलोनाको सहज जित


जनादेश स्पोर्ट्स ।

कप्तान लियोनल मेस्सिको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।

खेलको २९औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए । ८६औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोना २५ खेलमा ५३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ । सेभिया ४८ अंकसहित चौंथो स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्