पन्तको अभिव्यक्तिप्रति वलीको आक्रोश : महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ – Janadesh Daily | ePaper

पन्तको अभिव्यक्तिप्रति वलीको आक्रोश : महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ


जनादेश, काठमाडौं ।

राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे गम्भीर आपत्ती जनाएकी छिन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै वलीले दरिद्र सोच भएका पन्त कतिसम्म निच भएको खुलस्त भएको जनाएकी छन् ।

पन्तले एक कार्यक्रममा वलीप्रति टिप्णी गर्दै साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले सांसद बनाएको टिप्पणी गरेका थिए । पन्तको सो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्ने भन्दै वलीले त्यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको छिट्टै दुर्घटना हुने टिप्पणी गरेकी छन् ।

वलीले लेखेकी छन् ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ। पंतजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको होर ? केयो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्