विप्लव समूहबारे झापा पुगेर प्रधानमन्त्रीले गरे नयाँ घोषणा, भने : सम्भवत छिट्टै – Janadesh Daily | ePaper

विप्लव समूहबारे झापा पुगेर प्रधानमन्त्रीले गरे नयाँ घोषणा, भने : सम्भवत छिट्टै


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग छिट्टै सहमति हुने दाबी गरेका छन् । गृह जिल्ला झापा पुगेका ओलीले त्यहीँबाट यस्तो उद्घोष गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले भने, ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’

प्रधानमन्त्री ओलीले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने बताएका छन् । विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा विभाजन आएसँगै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग संवादलाई अघि बढाएका छन् । प्रतिबन्धित पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताएका छन् । तर, अदालतले संसद पुनर्स्थापना गर्ने आदेश दिएसँगै समूहसँगको संवादको प्रयास रोकिएको थियो ।

प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी लोकमार्गका निर्माण हुने ३१ पुलको एकैचोटि शिलान्यास गर्ने कार्यक्रम छ ।सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्