सिद्धार्थ एजुकेसनल ग्रुप प्रा.लि.को अध्यक्षमा नारायन तर्ताल चयन – Janadesh Daily | ePaper

सिद्धार्थ एजुकेसनल ग्रुप प्रा.लि.को अध्यक्षमा नारायन तर्ताल चयन


No description available.

जनादेश, दाङ। सिद्धार्थ एजुकेसनल ग्रुप प्रा.लि.घोराही दाङको अध्यक्षमा नारायन तर्ताल सर्बसम्मत रुपमा चयन हुनु भएको छ ।

अध्यक्षको पदभार ग्रहण गर्दै नारायण तर्तालले विद्यार्थीको चौतार्फी विकासका लागि विद्यालयमा प्रविधि मैत्री र जनसेवामुखी शिक्षा प्रदान गर्न आफुले सक्दो पहल गर्ने बताउँनु भयो ।

विद्यार्थीहरुमा बढदै गइरहेको अनुशासन बिहीनतालाई असल अध्ययन अध्यापनका माध्यमबाट मात्र सुधार गर्न सकिन्छ भन्ने मान्यता राख्ने तर्तालले आउँदा दिनहरुमा विद्यालयमा विज्ञान, प्रविधि र सामाजिक विज्ञानका विभिन्न विषयमा सेमिनार, गोष्टी र अन्तक्रिया कार्यक्रमहरु राखी विद्यार्थी र अभिभावकलाई प्रक्षिशित गर्ने बताउँनु भयो ।

No description available.

अनुशासन र लगनशीलतामा अब्बल मानिने तर्तालले दाङ जिल्लाका विभिन्न स्कूलहरुमा हजारौ विद्यार्थीहरुलाई अध्ययापन गराइ सक्नु भएको छ । उहाँले अध्यापन गराएका विद्यार्थीहरु हाल नेपाल सरकारको उच्च तहमा कार्यरत रहेका छन् ।

विगत पाँच दशक देखि शिक्षा क्षेत्रमा क्रियासिल नारायन तर्ताल दाङ जिल्लामा शिक्षा क्षेत्रको खम्बा मानिनु हुन्छ ।

सिद्धार्थ एजुकेसनल ग्रुप प्रा.लि.बाट संचालित सिद्धार्थ ऐकेडेमी लुम्बिनी प्रदेशकै उत्कृट विद्यालय मानिन्छ । यसले विज्ञान र व्यवस्थापमा जिल्ला प्रथम र विद्यालय स्तरमा क्षेत्रिय सिल्ड समेत प्राप्त गरेको छ ।

हाल यस विद्यालयमा +2 मा साइन्स र म्यानेजमेन्ट एवं स्नातक तहमा म्यानेजमेन्ट कार्यक्रम संचालनमा छन् ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्