प्रिमियर लिगः लेस्टर सिटीलाई हराउँदै आर्सनल १०औं स्थानमा – Janadesh Daily | ePaper

प्रिमियर लिगः लेस्टर सिटीलाई हराउँदै आर्सनल १०औं स्थानमा


जनादेश स्पोर्ट्स ।

इङ्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा पराजित गरेको छ। आइतबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ ले हराएको हो।

खेलमा लेस्टर सिटीले बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु मैदानमा हार्न बाध्य भयो। आर्सनलको जितमा डेभिड लुइज, एलेक्सान्डर लाकाजेट र निकोलस पेपेले गोल गरे। लेस्टररका लागि युरी टिलेमान्सले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि हार टार्न सकेनन्।

खेलको छैटौं मिनेटमा लेस्टरले युरी टिलेमान्सको गोलबाट अग्रता दिलाएका थिए। ३९औं मिनेटमा डेभिड लुइजले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफमा इन्ज्युरी समयमा लाकाजेटले पेनाल्टीमार्फत गोल गर्दै २–१ को अग्रता लियो। खेलको ५२औं मिनेटमा निकोलस पेपेले गोल गर्दै जित सुनिश्चित गरे।

यो जितसँगै आर्सनल २६ खेलबाट ३७ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ। पराजित लेस्टर ४९ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ।

गएराति नै भएको अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्‍याे।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्