ओली समूह पाहा पछारिए झैं पछारियो : प्रचण्ड – Janadesh Daily | ePaper

ओली समूह पाहा पछारिए झैं पछारियो : प्रचण्ड


जनादेश, काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको निर्णयले ओली समूह पाहा पछारिए झैं पछारिएको बताएका छन् ।

सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने, ‘यो के अचम्म हो ? पाहा पछारिए झैं पछारिने, अनि जित्यौं रे ।’

यस्तै निर्वाचन आयोगले समेत आफूहरुकै पक्षमा निर्णय गर्ने भन्दै प्रचण्डले भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेर भन्दैछु । केही समयभित्र निर्वाचन आयोगले सूर्य हाम्रै हो भनेर फौसला गर्छ । त्यसमा शंका गर्नु पर्दैन ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्