बेलायती महामारी एलिजावेथका पति राजकुमार फिलिप गम्भीर विरामी – Janadesh Daily | ePaper

बेलायती महामारी एलिजावेथका पति राजकुमार फिलिप गम्भीर विरामी


अन्तर्राष्ट्रिय अपडेट ।

बेलायती राजकुमार फिलिप गम्भीर बिरामी परेका छन्। उनलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ।

बेलायती महामारी एलिजावेथ द्वितीयका ९९ वर्षीय श्रीमान् फिलिपको झण्डै दुई सातादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो। उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ।

फिलिपको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरूले जनाएका छन्।

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो। ‘मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचार अगाडि बढाएका छन्,’ एक अधिकारीले भने। उनको मुटुमा संक्रमण देखिएको बताइएको छ।

राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उतकी श्रीमती तथा महारानी एलिजावेथ द्धितीय भने अहिले ९४ वर्ष पुगेकी छन्। उनीहरु दुबैले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए ।

एजेन्सीको सहयोगमा ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्