फेडेररको कीर्तिमानमा जोकोविचको बराबरी – Janadesh Daily | ePaper

फेडेररको कीर्तिमानमा जोकोविचको बराबरी


जनादेश स्पोर्ट्स ।

लामो अवधि विश्व बरियताको शीर्ष स्थानमा रहने रोजर फेडेररको कीर्तिमानसँग नोभाक जोकोविचले बराबरी गरेका छन् ।

जोकोविच विगत ३१० हप्तादेखि विश्व बरियताको शीर्ष स्थानमा छन् । यसअघि रोजर फेडेरर ३१० हप्ता शीर्ष बरियतामा रहेर कीर्तिमान बनाएका छन् ।

३३ वर्षीय सर्बियन खेलाडीले आउँदो हप्ता फेडेररको कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउने पक्का पनि छ। जोकोविचले गएको हप्ता नवौँ पटक अस्ट्रेलियन ओपन तथा समग्रमा १८ औँ ग्राण्डसलाम उपाधि जितेका थिए ।

उनी पुरुष एकलमा सर्वाधिक ग्राण्डसलाम उपाधि जितेर फेडेरर र राफायल नाडालले बनाएको कीर्तिमान भन्दा दुई उपाधि पछि छन्।

एजेन्सीको सहयोगमा ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्