एभर्टनलाई महत्वपूर्ण जित, शीर्ष चारमा रहने सम्भावना – Janadesh Daily | ePaper

एभर्टनलाई महत्वपूर्ण जित, शीर्ष चारमा रहने सम्भावना


जनादेश स्पोर्ट्स ।

इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा रहँदै आउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना एभर्टनले जीवित राखेको छ ।

प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा घरेलु टोली एभर्टनले साउथह्याम्पटनमाथि १–० को जित दर्ता गरेको हो ।

नवौँ मिनेटमा रिचार्लिसनले गरेको गोल नै एभर्टनको जितका लागि निर्णायक साबित भयो । जितपछि सातौँ स्थानको एभर्टनको २५ खेलबाट ४३ अंक भएको छ ।

पाँचौँ स्थानको चेल्सीको २६ खेलबाट ४४ तथा छैटौँ स्थानको लिभरपुलको २६ खेलबाट ४३ अंक छ ।

चौथो स्थानको वेष्ट ह्यामको २६ खेलबाट ४५ अंक छ । आउँदो बिहीबार हुने खेलमा जित निकालेमा एभर्टन प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष चारमा पुग्ने छ ।

एजेन्सीको सहयोगमा ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्