कोरोना महामारीः २४ घण्टामा कुन देशमा कति जनाको मृत्यु – Janadesh Daily | ePaper

कोरोना महामारीः २४ घण्टामा कुन देशमा कति जनाको मृत्यु


अन्तर्राष्ट्रिय अपडेट ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमा करिब ६ हजार चार सयको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ हजार तीन सय ९३ जनाको मृत्यु भएको छ भने दुई लाख ८१ हजार सात सय ४१ जना संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार तीन सय ७२ जनाको मृत्यु भएको छ भने ४९ हजार नौ सय २३ जना संक्रमित थपिएका छन् ।

ब्राजीलमा आठ सय १८ जनाको मृत्यु भएको छ भने ३८ हजार तीन सय ४९ जना संक्रमित थपिएका छन् ।

यसैगरी फ्रान्समा तीन सय ७५, रुसमा तीन सय ३३, बेलायतमा एक सय चार, स्पेनमा एक सय ५५, इटालीमा दुई सय ४६, जर्मनीमा दुई सय ३७, कोलम्बियामा एक सय, अर्जेन्टिनामा एक सय १२, मेक्सिकोमा चार सय ५८, इरानमा एक सय आठ, इन्डोनेसियामा एक सय ५९, पेरुमा एक सय ९१, बुल्गेरियामा एक सय १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्