विप्लवसँग वार्ताको औपचारिक प्रक्रिया सुरु, गृहमन्त्री बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा – Janadesh Daily | ePaper

विप्लवसँग वार्ताको औपचारिक प्रक्रिया सुरु, गृहमन्त्री बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा


जनादेश, काठमाडौँ ।

सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न औपचारिक प्रक्रिया अघि बढाएको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन्।

सरकारका प्रवक्ता पार्वत गुरुङले सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनले चाँडै विप्लव पक्षको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने बताए ।

केही समय यता वार्ताका लागि औपचारिक र अनौपचारिक पहल हुँदै आएका थिए । प्रधानमन्त्री केपी ओलीले सोमबार पोखराबाट विप्लवलाई वार्तामा आउन आह्वान गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्