विप्लवको वार्ता संयोजक को ? यस्तो छ तयारी – Janadesh Daily | ePaper

विप्लवको वार्ता संयोजक को ? यस्तो छ तयारी


जनादेश, काठमाडौँ ।

सरकारले वार्ताको पहल थालेपछि विप्लव समूहले पनि तयारी अघि बढाएको छ । सरकारले वार्ता टोली बनाएपछि विप्लव समूह पनि वार्ता टोली गठनको तयारीमा छ ।

विप्लव समूहबाट सरकारसँग वार्ताको नेतृत्व नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गर्ने भएका छन् । सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा विप्लव नेकपा वार्तामा बस्ने भएको हो ।

तर वार्ता टोली सार्वजनिक हुनु अघि बन्दी रिहाई र मुद्धा खारेजी तथा प्रतिबन्ध फुकुवा हुनुपर्ने विप्लव समूहका एक नेताले जनादेशलाई बताए । सरकारले आजै मात्र विप्लव समूहमाथि २ वर्षअगाडि लगाएको प्रतिबन्ध पनि फुकुवा गर्ने योजना रहेको बताइएको छ ।

सरकारले आजै मात्र गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सरकारी वार्ता टोलीको संयोजकत्व बादल छन् भने सदस्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।

यो पनि पढ्नुहोस् :

विप्लवसँग वार्ताको औपचारिक प्रक्रिया सुरु, गृहमन्त्री बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्