ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ५५ घर पूर्ण रूपमा जलेर नष्ट – Janadesh Daily | ePaper

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ५५ घर पूर्ण रूपमा जलेर नष्ट


ताप्लेजुङ ।

ताप्लेजुङको दोभान बजारमा भएको भीषण आगलागीमा कम्तिमा ५५ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि नगरपालिकाको दमकलसहित प्रहरी टोली र स्थानीय घटनास्थल पुगेका छन् । दोभान बजारमा एक सय जति घरहरु रहेको स्थानीय बताउँछन् ।

बजार क्षेत्रमा कपडा, कृषि सामग्री, किराना तथा भण्डारण गरिएका अलैंची जस्ता कृषि उत्पादनका पसल रहेका थिए जुन हाल जलेर नष्ट भएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्