दुई वर्षपछि सार्वजनिक हुँदा यस्ता देखिए विप्लव, नवलपरासीमा शहिद परिवार भेटेर काठमाडौंतिर – Janadesh Daily | ePaper

दुई वर्षपछि सार्वजनिक हुँदा यस्ता देखिए विप्लव, नवलपरासीमा शहिद परिवार भेटेर काठमाडौंतिर


जनादेश अपडेट ।

दुई वर्षदेखि पूर्णतः भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक भएका छन् ।

उनी नवलपरासीमा सार्वजनिक भएका हुन् । नवलपरासीमा शहिद परिवारसँग भेटेर उनी काठमाडौं तर्फ लागेको जानकारी विप्लव निकट पत्रकार संगठनका प्रकाश डुम्रेले जानकारी दिएका छन् ।

सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि २०७५ फागुन २८ देखि विप्लवसहित नेकपाका सबै नेता तथा कार्यकर्ता पूर्ण रूपमा भूमिगत भएका थिए।

सरकार र विद्रोही नेकपा विच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ । महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि भर्खरै काठमाडौ प्रस्थान गर्दै हुनुहुन्छ ।

Posted by Prakash Dumre on Thursday, 4 March 2021

 

सरकारसँग भएको तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’मा यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिने छन् ।

बिहीबार बिहान भएको तीनबुँदे सहमतिलाई सोही दिन साँझ बसेको मन्त्रिपषिद् बैठकले अनुमोदन गर्दै विप्लव नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ। योसँगै विप्लव नेकपा खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ।

 

यो पनि हेर्नुस्- 

आज एउटै मञ्चमा भाषण गर्न तयार हुनुअघि ओली र विप्लवबीच भएको सहमति के हो !

‘माधव कमरेडले भन्नु भो- अबको प्रधानमन्त्री देउवालाई नै मानेर जाने हो’

नेकपाको निर्णायक भिडन्त संसदीय दलमाः के होला प्रचण्ड र विशाल भट्टराईको बैधानिक हैसियत !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्