अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट कार्यक्रम स्थलबाटै लखेटिए, नेता घनश्याम भुसालले जनाए समर्थन – Janadesh Daily | ePaper

अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट कार्यक्रम स्थलबाटै लखेटिए, नेता घनश्याम भुसालले जनाए समर्थन


जनादेश, काठमाण्डौ । अर्थमन्त्री विष्णू पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाइ स्थानियले कार्यक्रम स्थलबाट लखेटेका छन्। शुक्रबार मन्त्रीद्वय पौडेल र भट्ट मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न रुपन्देही पुगेका थिए। उनिहरुले ठूलो सुरक्षा घेरामा रहेर औद्योगिक क्षेत्रको सिलान्यास गर्ने कार्यक्रम थिय। तर उनिहरुले स्टेजमा गएर भाष्ण गर्न थालेपछि स्थानीयले ढुंगामुढा गरेका थिए।

स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गर्न आएपछि कोरिडोर क्षेत्रमा झडपको अवस्था सृजना भएको थियो। पौडेलले भाषण गरिरहँदा स्थानीयले माईकको लाईन काटिदिएपछि पौडेल बीचमै सम्बोधन छाडेर हिडेका हुन्।

मन्त्री पौडेल र मन्त्री भट्टले २ दुई दुई मिनेट पनि भाषण नगरि हिडेका थिए। स्थानीयले कार्यक्रमको बोर्डका साथै मन्त्री पौडेललाई भुमाफिया भन्दै नाराबाजी गरेको थिए। त्यपछि ओली समुहका कार्यकर्ता र स्थानीयबीच ढुंगा हानाहान हुन थालेपछि प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको बताइएको छ।

अर्थमन्त्री पौडेलविरुद्ध उत्तेजक नारा लाग्न थालेपछि ओली समूहका कार्यकर्ताले पनि प्रतिकारमा ढुंगा प्रहार गरेका थिए । ठूलो संख्यामा परिचालित प्रहरीले दुवै पक्षबाट भएको ढुंगामुढा रोकेर परिस्थितिलाई नियन्त्रणमा लिएका थिए । बिहीबार शिलान्यास कार्यक्रमका लागि तयार पारिएको स्टेज स्थानीयले भत्काएका थिए। औद्योगिक क्षेत्रले फेरि अर्को स्टेज बनाएका थिए।

स्थानीयको नाराबाजी र आक्रोस जारी थियो। तर, सुरक्षाघेराबीच अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेरै छाडे। स्थानियले ढुङ्गामुडा गर्न थालेपछि अर्थमन्त्री पौडेल सम्बोधन बीचमै हिडे। कार्यक्रम सकेर निस्कदाँ पनि पौडेल चढेको गाडीमा स्थानीयले ढुंगा प्रहार गरेका थिए। कार्यक्रम सकिए लगत्तै स्थानीयले शिलान्यास स्तम्भ तोडफोड गरेका छन्।

उता रुपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास कार्यक्रममा स्थानीयले गरेको कार्यलाई सोहि क्षेत्रबाट निर्वाचित नेता घनश्याम भुसालले समर्थन जनाएका छन्।

Commercialisation of agriculture top priority: Minister Bhusal

शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै भुसालले मोतिपुरमा नागरिकका तर्फबाट भएको विरोधप्रतिरोधलाई आफूले समर्थन गर्ने बताएका हुन।

प्रतिनिधिसभामा यसै क्षेत्रबाट उम्मेदवार हुँदा पौडेलले स्थानीय बासिन्दाको समस्या समाधान नभई औद्योगिक कोरिडोरको कुनै काम शुरु भए राजनीतिबाटै सन्यास लिन्छु भनेर पटकपटक वाचा गरेको उनको दाबी छ । तर शुक्रबार स्थानीयमाथि लाठी बर्साएर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको भुसालले बताएका छन् ।

स्थानीय चर्को विरोधका बाबजुद अर्थमन्त्री एवं रुपन्देही २ का सांसद पौडेलले शुक्रबार औद्योगिक क्षेत्र शिलान्याश गरेका थिए । रुपन्देही ३ का सांसद भुसालले भने स्थानीय बासिन्दाको माग पूरा नगरी हतारमा औद्योगिक क्षेत्रको शिलान्याश गर्नु जग्गा दलालीको वातावरण बनाउने वाहेक केही नभएको बताए ।

करिब साढे चार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिएको तथा वातावरणीय प्रभाव मूल्याङकन समेत नगरी केवल राजनीतिक प्रचारका लागि शिलान्याश गरिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विरोध प्रदर्शनमा उत्रिएका जनतामाथि कामचलाउ सरकारका दुई जना मन्त्रीले दमनपूर्ण हर्कत गरेको उनले बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन गरेपछि स्थानीय बासिन्दाको व्यवस्थापन गरेर मात्रै अरु काम अघि बढाउने विषयमा उद्योग मन्त्री, औद्योगिक व्यवस्थापन लि.का अधिकारीहरुसँग भएको सहमति समेत तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरुले सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको जुन नांगो नाच नाचेका छन्, त्यसको हिसाब किताब हुने नै छ’ पूर्वमन्त्री भुसालले भनेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्