नारी दिवस र महिला हिंसा – Janadesh Daily | ePaper

नारी दिवस र महिला हिंसा


कानुनी प्रावधान :

देशको संविधानले लैंगिक भेदभाव नगर्ने भन्दै समान वंशीहरु, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धित हकको व्यवस्था, राज्यमा सबै निकायमा समानुपातिक, समावेशी सिद्धान्तका आधारमा जाति, धर्म, लिंगमा कुनै भेदभाव नगर्ने भनेको छ । अन्य नियम प्रावधान पनि धेरै छन् ।

घरेलु हिंसा, कसुर र सजाय ऐन २०६६, त्यसको नियमावली २०६७, कार्यस्थलमा हुने यौनजन्य दूव्र्यवहार निवारण ऐन २०७१, बोक्सी आरोप कसूर सजाय ऐन २०७२, लैंगिक हिंसा कोष सन्चालन नियमावली २०६७, एकल महिला कोष सञ्चालन मापदण्ड २०७१, कार्यस्थलमा हुने यौनजन्य दूव्र्यवहार निवारण आचारसंहिता २०७४, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र त्यसको नियमावली २०६५ आदि ऐन नियमहरु कार्यान्वयनमा छन् । तथापि देशमा कुरिति, कुप्रथा, बोक्सी, छाउपडी, दाइजो, बालविबाह, बलात्कार, हत्या, एसिड आक्रमण धेरै घटनाहरु दोहोरिने गरेका छन् ।

महिला सहभागितामा उत्साह :

जन गणना ०६८ अनुसार महिलाको संख्या देशमा ५० प्रतिशतभन्दा बढी छ । निजामती सेवा ऐन दोस्रो संशोधन २०६४ ले महिलालाई समावेशी गराउने प्रावधान तय गर्यो जसानुसार सो ऐनको दफा ७ (७) अनुसार निजामती सेवालाई समावेशी बनाई खुल्लाबाट पदपूर्ति हुनेमध्ये ४५ प्रतिशत छुट्टाई सो प्रतिशतलाई शतप्रतिशत मान्दै त्यसमा महिला ३३ प्रतिशत, आदिवासी, जनजातिलाई २७ प्रतिशत, मधेशीलाई २२, दलितलाई ९, अपांगलाई ५, पिछडिएका क्षेत्रलाई ४ प्रतिशत हुनेगरी प्रतिस्पर्धा गराइएको अवस्था छ ।

यस क्रममा विगत १३ वर्षमा जम्मा ७ हजार ३ सय ७० जना महिला सरकारी कोटामा पुगेका देखिन्छन् । आव ०७६/०७७ मा कोभिडका कारण सबैभन्दा कम संख्या ३९, सबैभन्दा बढी आ व ०७३/०७४ मा १३८३ जना, अन्य वर्षहरु आ व ०७४/०७५ मा १०८८ जना, ०७५/०७६ मा ६२५ जना, ०७२/०७३ मा ७९७ जना, ०७१/०७२मा ६३९ जना, ०७०/०७१ मा ६२६ जना, ०६९/०७० मा ३७२ जना, ०६८/०६९ मा ३५२ जना, ०६७/०६८ मा ४७१ जना, ०६६/०६७ मा ४९५ जना, ०६५/०६६मा ११७ जना, ०६४/०६५ मा ३६६ जनाले प्रवेश पाएको लोक सेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन ०७७ मा उल्लेख भएको देखिन्छ ।

नारीको सम्मान :

हामीले चाहेको जीवन्त जीवन सञ्चालनदेखि सम्पूर्ण जगत् सञ्चालनमा नारीको हक, हित, संरक्षण गर्न सके हामीले हाम्रै सम्मान गरेको ठहर्छ । केही आधुनिक नारीको वकालत गर्नेहरुबाट भने नारीको सम्मान र संरक्षण नभएको पाइएको छ । नारीमा भएको आधार शक्तिको पहिचान हुन वाँकी नै छ हाम्रो समाजमा । संसार हांक्ने नारी मुलुकका राष्ट्रपतिदेखि कार्यकारी प्रमुख प्रधानमंत्रीसम्म राष्ट्रपति सम्म पनि वनेका उदाहरण यसै संसारमा पाइएकोे छ । नारीलाई अवसरको आवश्यकता छ, उनीहरु आफैँ योग्य छन्, योग्यता दर्शाउन आफैँ सक्दछन् ।

हिजोआज सूचना, संचार, आर्थिक क्षेत्र, औद्यागिक कल कारखाना, सेना, प्रहरी, क्षेत्रमा पनि नारी सहभागिताबाट उनीहरुको सामथ्र्य कम छैन भन्ने थप पुष्टि भएको छ । नारी अस्मिताको रक्षा नारीबाट र पुरुषजातिले उनीहरुको सम्मान गर्न सके समाज सुधारका संभावना बढ्छन् । साच्चै नारी एउटै रथका दुई पाङ्ग्रा झैं नै हुन सक्छन् । नारीदिवसमा मात्रै होइन, सधै उनीहरुको सम्मान गर्नु पर्छ ।

अझ भन्नु पर्दा .संसारभरिमा महिला प्रतिनिधित्व हामीकहाँ अग्रणी स्थानमा छ । प्रजातन्त्रको जननी देश बेलायत, अमेरिका, विकसित देश अष्ट्रेलिया, स्वीट्जरलैण्ड, जर्मनी, क्यानडा, नेदरलैण्डकै तुलना गर्दा पनि नेपालका नारीहरुले जनप्रतिनिधित्वका दृष्टिले अग्रणि स्थान ओगटेका छन् । विश्वको १९२ देशको पछिल्लोे तथ्यांकअनुसार महिलाको प्रतिनिधित्वकै हिसाबले नेपाल ३७ औँ स्थानमा छ ।

नेपालको संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशतको सुनिश्चित गरेको छ । अर्थात् संघीय एवं प्रदेश संसदमा एक तिहाईको परिकल्पना गरेको छ । ठूला पद राष्ट्रपति, प्रधान न्यायाधीशसम्म महिला भएकै हुन् । स्थानीय तहमा झण्डै ४१ प्रतिशत महिलाहरु नै छन् । पार्टीहरुले पालिकाहरुका लागि प्रमुख वा उप प्रमुखको उम्मेदवारी दिँदा १ महिला नै हुनु पर्ने प्रावधान छ । निजामती सेवाको ४५ प्रतिशत आरक्षणामा ३३ प्र्रतिशत महिलाकै लागि छुट्याइएको छ ।

यति भनिदैमा हामीकहाँ महिलाको स्थान साह्रै उच्च छ भन्ने चाहिँ होइन । बोक्सी भनी सताइने, कम दाइजो भनी सताइने, छाउपडीको सकस, लगभग १ दिनमा ६ जना सम्म खुल्ला बलात्कृत हुने अवस्था, महिलाकै कारण कानुन निर्माता सभामुख पदको धराप यी यस्ता घटना हामीकहाँ बग्रेल्ती छन् ।

अतीतमा ९ सदस्यीय ने क पा कोे केन्द्रीय सचिवालयमा पुरुष मात्र हुनु, त्यसभन्दा तल्लो ४५ सदस्यीय स्थायी कमिटीमा २ जना मात्र महिला हुनु,४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीमा १७ प्रतिशत मात्र महिला देखिनु, नेपाली काँग्रेस पार्टीमा ८४ सदस्यीय केन्द्रीय समितिमा २० प्रतिशत मात्र महिला हुनु, रा ज पा को ७६५ सदस्यीय केन्द्रीय समितिमा १७ प्र्रतिशत पनि नपुग्नु, त्यसकै १ सय २९ सदस्यीय पदाधिकारीमा १२ प्रतिशत मात्र महिला हुनु, समाजवादी पार्टीको ४ सय ३२ सदस्यीय केन्द्रीय समितिमा १२ प्रतिशत मात्र महिला हुनु, वि सं २०७४ को प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ देशैभरि झण्डै २ हजार जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवार ७ दशमलव ४ प्रतिशत मात्र हुनु, यसमा विजयी सिट १६५ मा केवल ६ वटा सिट मात्रै महिलाले विजय पाउनु यी विगतका कुराले भने महिला उत्थानको कम प्रयास भन्नु पर्छ ।

हाम्रो यथार्थ :

आज देशमा धर्म हराएको छ । बालिकाहरु बलात्कारमा परेका छन् । निर्मलाको घटना नसेलाउँदै बझाँगकी सम्झना, वैतडीकी भागरथीको हत्याको घटनाले देशमा सनसनी छाएको छ । प्रहरी सूत्रका अनुसार दिनमा ६।७ जना छोरी, बहिनीहरु बलात्कारको शिकार भएका छन् । समस्या थपिएपछि मात्र घटना बाहिर आउने हुन्, नभए घरभित्रै घटना सेलाउँछन् । प्रहरीको सूचनामा आएका केसहरु आ व ०७५÷०७६ मा २ हजार ५ सय ७० जना,आ व ०७६÷०७७मा २ हजार ४ सय ४९ जना बलात्कारमा परेका छन् । बर्दिया राजापुरबाट १९ वर्षीय किशोरी, बहिनीलाई नै यौन पिपासु सशस्त्र प्रहरीले जवर्जस्ती करणी गरेको घटना बाहिर आउँदा प्रहरी पक्राउ परेको थियो ।

दिदी, बहिनी आफ्नै हाड नातामा करणीमा पर्ने गरेका छन् भने न्यायको तराजु बोक्नेहरु नै यौन पिपासु हुँदा समाजले बढी के आशा गर्ने ? बाबु, काका, दाजु,मामा,ससुरा, छिमेकी, नचिनेका व्यक्ति, पारपाचुके भइसकेका श्रीमान्,घर मालिक, शिक्षक,केटा साथी, आप्mनै भिनाजुबाट यौन अपेक्षा गर्दा कोही संरक्षित नभएको स्पष्ट हुन्छ । कुरा मिलुन्जेल केही नभन्ने जब गर्भ रहेमा, कुरा बाहिर फुस्केमा घटना बाहिर आउने गरेको पाइन्छ ।

एसिड आक्रमणको कुरा पनि त्यही हो । मानिसले बनाएको कानुनले मात्र छेक्न नसकेरै धर्म, दर्शनले यौन बारे सिमा तोकेको हो, तर अहिले धर्म दर्शन, सामाजिक मूल्य मान्यतालाई धराशायी बनाइएकाले अमेरिकामाभन्दा हामीकहाँ किशोरीहरु बलात्कार हुने संख्या कम छ भनेर भनिरहेका छौँ । साँच्चै अमेरिकामा प्रति ७ मिनेटमा १ किशोरीको बलात्कार हुँदोरहेछ । त्यसो त त्यहाँ पारपाचुके दर पनि धेरै छ । इतिहासमा हालमात्र महिला पहिलो पटक त्यहाँ उप राष्टृपति बनेकी छन् ।

समाजको स्वरुप डरलाग्दो :

समाजमा बयस्क अपराधीहरु पनि नभएका होइनन् । १८ वर्ष मुनिका नाबालक ७७४ जना हाल बाल सुधार गृहमा रहेको तथ्याँक प्रकाशित भएको छ । नाबालक अपराधीलाई जेलको प्रावधान छैन, तिनीहरुलाई स्धार गृह र अपराधको आधा सजायँको कानुनी व्यवस्था छ देशमा ।

यसैमा परेको छ हाल भनिएको भागरथीको अपराधी १६ वर्षको कलिलो केटो । नेकपाको बलियो सरकारका प्रमुख ओलीले ३ वर्षको कार्य फेहरिस्त बताउँदै सबै नेपालीलाई ढुक्क हुन आश्वासन दिए तर संघीय राजधानीको भक्तपुर सुधार गृहमा १७२ जना, पूर्वको मोरंगमा १८६ जना, बाँकेमा १२३ जना, कास्कीमा ८७ जना, रुपन्देहीमा ७९ जना, पर्सामा ५७ जना, मकवानपुरमा ३२ जना, डोटीमा ३८ जना नाबालकहरु अपराधको कसूरमा बाल सुधार गृहमा रहेको कारागार व्यवस्थापन विभागको तथ्याँक छ ।

आ व ०७५/०७६ मा २२३० थान बलात्कार घटनामा २२२७ जना पक्राउ परेका मध्ये १३२५ जना त २५ वर्ष उमेर मुनिका देखिएका छन् भने ती मध्ये २९ जना नाबालक रहेछन् । आ व ०७६/०७७ मा २१३४ मुद्दामा २४५० जना पक्राउ परेकामा १३०६ जना त २५ वर्ष तलका र नाबालक ३४० जना देखिएका छन् । हाल यो आ.व.को पौष सम्मको तथ्याङ्क हेर्दा १२६० मुद्दामा १४२७ जना पक्राउ पर्ने मध्ये १६७ जना नाबालक देखिएका छन् । प्रहरीको अभिलेखमा गएको अढाई वर्षमा मात्रै ५ हजार ६ सय ३४ जना बलात्कृत भएका छन्, १६ जनाको हत्या भएको छ, १ दिनमा औसत ७ जना बलात्कृत हुन्छन् । गएको २ महिनामा १ जनाको हत्या भएको छ । बलात्कृत हुनेमा ५ वर्षकी बालिकादेखि वृद्धा पनि छन् ।

प्रदेश १ मा यस्तो घटनामा ११५३ जना बलात्कृत हुनेमा ५ जनाको हत्या, प्रदेश २ मा ७७६ जना बलात्कृतमा ४ जनाको हत्या, वागमती प्रदेशमा ६२७ जना बलात्कृतमा २ जनाको हत्या, काठमाडौँ उपत्यकामा ६७४ जना बलात्कृतमा २ जनाको हत्या, लुम्बिनी प्रदेशमा ९२२ बलात्कृत, कर्णाली प्रदेशमा ३५२ जना बलात्कुत, सुदूर पश्चिम प्रदेशमा ४९२ बलात्कृतमा ३ जनाको हत्या, गण्डकी प्रदेशमा २ जनाको हत्या भएको तथ्याँक छ । यसले हाम्रो समाजको स्वरुप डरलाग्दो भएको पुष्टि हुन्छ । अतः नारी दिवसको औपचारिकताले मात्रै नारीप्रति न्याय हुँदैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्