सुकुम्वासी, भूमिहीनहरुको माग अविलम्ब सम्बोधन गर: क्रान्तिकारी माओवादी – Janadesh Daily | ePaper

सुकुम्वासी, भूमिहीनहरुको माग अविलम्ब सम्बोधन गर: क्रान्तिकारी माओवादी


जनादेश, नेपालगञ्ज । सुकुम्बासीमाथि राज्यले बल प्रयोग गरेर जबर्जस्त बर्षौदेखि बसोबास गर्दै आएको थातथलोबाट विना विकल्प विस्थापित गर्न खोजेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) बाँकेले कडा आन्दोलनको चेतावनी दिएको छ । जिल्लाको कोहलपुर नगरपालिका– ११ शान्तिनगरमा बसोवास गरिरहेका सुकुम्वासी तथा भूमिहीनहरुको माग अविलम्ब सम्बोधन गर्न पनि सो पार्टीले अनुरोध गरेको छ ।

कोहलपुरका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले फागुन ८ गतेदेखि बसाईसराई दर्ता हुनुपर्ने,लागत संकलनसहितको कर कायम गर्नुपर्ने, विकल्पसहितको कोहलुर नगरपालिकाभित्र व्यवस्थापन गर्नुपर्ने मागसहित आर्थिक अनियमितताको विषयलाई लिएर नगरपालिकाको गेटमै धर्ना दिइरहेका छन् ।

भूमिहीन सुकुम्बासीको आन्दोलनप्रति नगरपालिकाबाटै दमन भएको भन्दै क्रान्तिकारी माओवादी बाँकेका सेक्रेटरी चट्याङ मास्टरले एक विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरुको माग तत्काल सम्बोधन नगरिए आन्दोलनरत सुकुम्बासीहरुलाई नै साथमा लिएर कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । विज्ञप्तिमा सुकुम्बासीहरुको आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गएिको छ ।

वर्तमान प्रतिक्रियावादी दलाल संसदीय व्यवस्था र सत्ता राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्न पूर्ण रुपमा असफल भएको भन्दै समस्याको वास्तविक समाधानका लागि व्यवस्थाकै विरुद्ध लड्न समेत आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु तयार हुनुपर्ने समेत विज्ञ िप्तमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले पछिल्लो समयमा भूमिसम्बन्धी आयोग गठन गरेको र सोही आयोगमार्फत वास्तविक भूमिहिन,सुकुम्वासी र अव्यवस्थित बसोवास गरिरहेका व्यक्तिहरुको पहिचान गरी समस्या समाधान गनुको साटो भू–माफिया, दलाल र राज्य संचालकहरुको मिलेमतोमा बल प्रयोग गरेर घरवारबिहीन बनाइएको भन्दै सुकुम्बासीहरु निरन्तर रुपमा आन्दोलित हुँदै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्