सुदूरपश्चिम विश्वविद्यालयमा गरिएको शुःल्क वृद्धिको विरोध – Janadesh Daily | ePaper

सुदूरपश्चिम विश्वविद्यालयमा गरिएको शुःल्क वृद्धिको विरोध


सुदूरपश्चिम विश्वविद्यालयमा एमफिल र पिएचडीको पढाई शुरु

कञ्चनपुर ।  सुदूरपश्चिम विश्वविद्यालयमा गरिएको शुल्क वृद्धि फिर्ताको माग गरिएको छ । पाँच विद्यार्थी सङ्गठनले आज छुट्टाछुट्टैरुपमा प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले विभिन्न सङ्कायमा वृद्धि गरिएको शुल्क फिर्ताको माग गरेको हो ।

सहजरुपमा गुणस्तरीय शिक्षा पाउनुपर्ने ठाउँमा विभिन्न बहानामा गरिएको चर्को शुल्क वृद्धिले गरीब जनताका छोरोछारीको उच्च शिक्षा हासिल गर्ने सपनामा अवरोध सृजना गर्ने कार्य भएको विद्यार्थी नेता कैलाश चन्दले बताउनुभयो । “कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएको बेलामा शुःल्क वृद्धि गर्नु हुँदैनथ्यो”, विद्यार्थी नेता कैलाश चन्दले भन्नुभयो, “विद्यार्थीको ढाड सेक्ने कार्य बन्द गरी विश्वविद्यालय प्रशासनले शुल्क वृद्धिको निर्णय फिर्ता लिनुपर्छ ।” वृद्धि गरिएको शुल्क फिर्ता नभए आन्दोलनमा उत्रिनुबाहेक अर्को विकल्प नरहने उहाँको भनाइ रहेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार गोविन्द विष्टले आङ्गिक क्याम्पसको शुल्क समायोजन गरिएको बताउनुभयो । “शुल्क वृद्धि गरिएको होइन”, उहाँले भन्नुभयो, “समायोजनमा आएका क्याम्पसको शुल्क फरकफरक आएकाले समायोजन गरेका हौँ ।” शुल्क वृद्धिको अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी, अखिल छैटौँलगायत विद्यार्थी सङ्गठनले विरोध गरेका हुन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्