हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम शुरुः तीस महासेनानी सहभागी – Janadesh Daily | ePaper

हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम शुरुः तीस महासेनानी सहभागी


जनादेश, काठमाडौँ । नगरकोटस्थित नेपाली सैनिक बार कलेजमा नेपाली सेनाले सञ्चालन गर्ने सबैभन्दा माथिल्लो तहको ‘हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम’ आजदेखि शुरु भएको छ ।

सञ्चालन भएको नवौँ समूहको उक्त तालीमका भिडियो टेलिकन्फ्रेस्मार्फत शुभारम्भ गर्दै बलाधिकृतरथी प्रभुराम शर्माले असहज परिस्थितिमा पनि समयसापेक्ष निर्णय लिनसक्ने नेतृत्व उत्पादन गर्ने पाटोमा तालीम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

सेनाको स्वदेशमा हुने सबैभन्दा उच्चस्तरको उक्त तालीममा ३० जना महासेनानी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कोभिड–१९ स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै पूर्णरुपमा सामाजिक दूरी कायम गरी उक्त तालीम सञ्चालन गरिने जानकारी दिइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्