पार्टी नेताविरुद्ध गलत प्रचार नगर्न अध्यक्ष दाहालको सचिवालयको आग्रह – Janadesh Daily | ePaper

पार्टी नेताविरुद्ध गलत प्रचार नगर्न अध्यक्ष दाहालको सचिवालयको आग्रह


जनादेश काठमाण्डौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुका विरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ ।

पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई लिएर भइरहेको गलत प्रचार तथ्यमा आधारित नरहेको पनि सचिवालयले स्पष्ट पारेको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज ‘प्रेस नोट’ जारी गरी केही दिनयता पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माका सम्बन्धमा विभिन्न माध्यमबाट प्रकाशित/प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

पछिल्लो समय नेता शर्माले पार्टीलाई वैचारिक तथा साङ्गठानिक रुपमा थप एकताबद्ध बनाउन भूमिका निर्वाह गर्दै आउनुभएको छ । “आन्तरिक वैचारिक बहस एक जीवन्त पार्टीका विशेषताहरु हुन्, तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेतामाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ”, सापकोटाद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

पार्टी एकतादेखि आजसम्मको काममा नेता शर्माले अध्यक्ष दाहाललाई सहयोग गर्दै आउनुभएको उल्लेख गर्दै अध्यक्ष दाहालको सचिवालयले अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएकोमा प्रष्ट पारेको छ ।

उहाँले नेता शर्मामाथि अध्यक्ष दाहालसँग जोडेर गरिएका भ्रामक प्रचारलाई खारेज गर्नुभएको छ । गत असारमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा नेता शर्माले एकताका लागी सबैले आआफ्नो अहम् छाडेर रुपान्तरित हुन जरुरी रहेको धारणा राख्नुभएको थियो ।

आफ्ना कमीकमजोरी स्वीकार्न, आफैँलाई सच्चाउने, छलफल र बहस गर्दै नयाँ निष्कर्षमा पुग्ने विषयमा रुचीपूर्वक लाग्नुपर्नेमा जोड दिँदै उहाँले रुपान्तरणका साथ एकताबद्ध हुनुमै राष्ट्रको भविश्य रहेको बताउनुभएको थियो ।

रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्