प्राविधिक शिक्षाको वर्तमान र अवसर – Janadesh Daily | ePaper

प्राविधिक शिक्षाको वर्तमान र अवसर


-प्रा.डा. सुरेशराज शर्मा । शिक्षाका दुईधार हुन्छन्- पढेर सिक्ने र गरेर सिक्ने । पढेर सिक्ने शिक्षाको धार अहिले सत्तरी लाख विद्यार्थी त माध्यमिक तह पुग्दै पढ्छन् । प्रविधिक वा व्यवसायिक वा गरेर सिक्ने धारमा त मुस्किलले तीन खाख विद्यार्थी जान्छन् र पढेर सिक्ने धारमा पढ्दै जाने भन्दा चाँडै कुनै सीप सिकेर काम गरेर पेट पाल्न वा परिवार समेतलाई पाल्नुपर्ने युवाहरुका लागि प्राविधिक शिक्षा बढी काम लाग्ने हुन्छ ।

तर प्राविधिक शिक्षालय वा प्राविधिक तालीम केन्द्र धेरैछैनन् । यस्ता विद्यालयमा पढाउने शिक्षकलाई प्रशिक्षक भनिन्छ । प्रशिक्षिकले सिक्न खोज्ने विद्यार्थी संगसंगै काम गरेर सिकाइरहेको हुन्छ । कार्पेन्र्टी सिकाउने गुरुले पनि संगै रन्दा लागाई रहेको हुन्छ । घरको गारो लागाउने वा बाथरुम फिटिड. गर्ने वा घरमा बीजुलीको तार बिछ्याउनेले वा अटोमेकानिक्स वा जनरल मेकानिक्स वा वेल्डिड. गर्न सिक्ने पनि त्यसरी नै सिकिरहेको हुन्छ । त्यो काम गर्न पोख्त नहुन्जेल ऊ पास हुँदैन । दिएको काम राम्ररी सिकेर मात्र पास हुन्छ ।

नेपालमा अहिले माध्यमिक, उच्चमाध्यमिक, अझ स्नातक भएको मान्छे भन्दा प्रत्येक मान्छेको घरघरमा व्यवहार चलाउन त्यहाँ चाहिने सीप सिकेको मान्छे चाहिन्छ । त्यति मात्र होइन, बाहिर विदेशमा काम गर्न जाने खोज्ने मानिससित कुनै सीप राम्ररी जानेको छ छैन? भनेर सोधिन्छ । सीप जानेकाले चाँडै काम पाउँछन् र राम्रो मेहनतताना पनि पाउँछन् । आज हाम्रो देशमा धेरैथरि क्षेत्रमा काम गर्ने सीपका क्षेत्रछन् । जस्तैः निर्माणको क्षेत्रमा, यातायतको क्षेत्रमा, स्वाथ्यको क्षेत्रमा, खेती, जस्तै तरकारी वा अरु बाली फलाउने, पशुपालन (गाई, भैंसी, कुखुखा, खसी, बाख्रा, भेडा, माछा)मा काम गर्ने, ऊर्जाको क्षेत्रमा काम गर्ने, लज, होटल, रेस्टुरामा पकाउने, खुवाउने जस्ता काम गर्ने मान्छेको ठूलो माग छ । कोही कोही प्रशासन गर्ने ठाउँमा काम गर्न खोज्छन्, तर कमाई र रोजगारी पाउन व्यावसायिक शिक्षा पाउनेले बढी काम पाउने सम्भावना हुन्छ ।

पहिले पहिले धरै जसो युवाहरु हातले भन्दा कागजले वा अरुलाई अहा्रएर काम गर्ने पेसातिर लम्कन खोज्थे । तर हिजोआज श्रमको ईज्जत बढ्दै गएको बेला अब त्यता जान बढी रुचाँउछन् । नेपालमा मात्र होइन्, विदेशमा त झनै त्यसतर्फ बढी झुकाव भएको देखिन्छ । अब घरमा अधुनिक उपकरणको व्यापक प्रयोग बढेको छ । भान्सामा त्यस्तै छ । बैठकमा भनौं वा बेडरुममा नै भनौ, थुप्रै उपकरण, जस्तैः टलिभिजन, टेलिफोन, माबाइल र विधिुतीय उपकरण प्रयोग हुन्छ ।

बाहिर निस्कन खोज्दा मोटरसाइकल वा गाडी चलाउने बेला त ती सामान दुरस्त अवस्थामा छन् कि छैनन् भनेर आफैंले हेर्नु र ठीक अवस्थामा राख्नु आवश्यक भइसकेकोछ । बाहिरबाट बोलाई मर्मत गर्नेलाई चाहिएको बेला भट्न त झन गाह्रो भइरकेको छ ।

एकछिन खेतिपातिको चर्चा गरौं। तीस चालिस वर्ष पहिलेसम्म प्राय जसो घरमा जीवीकाका लागि खेतीमा निर्भर थियौ । खेतीमा मात्र होइन, घर बनाउने, घर छाउने र मर्मत गर्ने कार्य गर्ने मानि पनि आसपासमा नै पाउथ्यौ । घर बनाउने सामाग्री पनि त्यहीँ, गाउँ छरछिमेकमा पाउँथ्यौ । आफ्नो हैसियतले पनि भ्याउँथ्यो ।

अब त खानेकुरा पनि किनेरै पकाएर खानुपर्ने, घर बनाउँन पनि सीप भएका ओभरसियर वा कामदार पनि बाहिरै खोज्नु पर्ने, घरमै पालेका गाईवस्तु वा कुकुर पनि बिरामी हुने बित्तिकै छटपटाइ हाल्नुपर्ने पो भए। त्यति मात्र होइन, ससाना केटाकेटीलाई स्कूलमा दिएको गृहकार्य पनि आफैंले सिकाउनु पर्ने, घरमै आफैंले पनि ट्युसन पढाउनुपर्ने बेला पो भएछ ।

मैले यी सबै कुरा यहाँ भन्न खोजेको सहरमा बस्नेका समस्या मात्र होइनन्, गाउँमा बस्नेका पनि त्यसतै समस्या छन् । त्यता पनि खानेपानीको त्यसतै समस्या छ । यातायाताको समस्या पनि उत्तिकै छ । घरबार र रोजगारीकै समस्या त्यत्तिकै धेरै छ । समस्या पुरुषका मात्र होइन, महिलाका पनि त्यत्तिकै छन् ।अब त काम गर्ने मान्छे अरु खोज्नु भन्दा त आफैंले गर्नु जान्नु पर्ने पो भएछ । घर गृहस्थीमा काम लाग्ने त्यस्ता किसिमका सीप त रोजगारीमा लागि भन्दा आफ्नै लागि गो चाहिने बेला भइसकेछ ।

अब त शिक्षाका लागि नजिकै प्रथमिक स्कूल, माध्यमिक स्कूल वा कलेजभन्दा काम गर्न सिक्ने प्राविधिक वा व्यावसायिक सीप सिक्ने ठाउँ पो बढी चाहिएजस्तो लाग्न थाल्यो । अब कस्तो स्कूल हाम्रो गाउँ वा गाउँपालिका वा नगरपालिकालाई चाँहिदो रहेछ , त्यो कुरा सरकारलाई भन्न जाने, माग्न जाने भन्दा त्यसको बन्दोबस्त गर्नु जिम्मा प्राप्त भएको निकाय वा स्थानीय सरकारका आफ्नै वडा वा पालिकामा आइ पो सकेछ । आफ्नै छिमेकमा बस्नेहरु मिलेर हामीलाई कस्तो चाहियो, कस्ता शिक्षक प्रशिक्षक चाहियो, त्यसको व्यवस्था गर्ने अधिकार त गाउँमा वा छिमेकमा पो आइसकेछ नयाँ संविधान आएपछि छ !

प्रविधिक शिक्षाको वर्तमान स्थिति हेर्दा त त्यस्ता संस्थाहरु गाउँघरमै चाहिन थालेका, त्यसमाथिको तालीम वा पढाइका लागी भरसरक नजिकै कहाँ राख्ने भन्ने परिपाटीको जिम्मा पनि हामी आफूकहाँ नै पो आइसकेछ । चाहियो भने औपचारिक रुपमा सिकेको सीपको परीक्षण गर्नुे, प्रमाणीकरण गर्नु, सीप परीक्षण र प्रमाणीकरण गर्नु बोर्डले गरिदिने प्रणाली पनि सीटिइभीटीमार्फत हुन थालिसकेको छ ।

म आफैँ पनि धरै वर्ष कलेज र विश्वविद्यालयमा पढाउने काममा लागेको थिए । संयोगवश गाउँघरमाबस्ने युवाहरु, अझ विशेष गरी जुम्ला, जिरी, मुस्ताड.जस्ता क्षेत्रमा बस्नेका लागि काम लाग्ने शिक्षाको व्यवस्था गर्न मद्दत गर भनी सरकारले काम लगायो । त्यसकाममा लाग्दालाग्दै प्राविधिक शिक्षालयका नमूना बनाउन पुगेछु । काम गर्दागदै प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् नै बनाउँन पुगेछु । यो त गाउँघरका युवालाई झनै काम लाग्ने काम पो हुन पुगेछ । अहिले त विकासोन्मुख विशेष गरी विकसित मुलुकमा पनि सीपकै विकास क्षेत्रमा जोड दिन लागेको कुरा थाहा हुन थालेकोछ ।

प्राविधिक एसईई, डिप्लोमा, हायर डिप्लोमासम्मको पढाई हुने आउँदो पाँच वर्षभित्र एक हजार प्रविधिक इन्स्टिच्युट र दुईवटा पोलिटेक्निक विश्वविद्यालय स्थापना गर्नु आवश्यक छ । तिनको स्थापना र संचालनमा प्रदेश सरकार र उद्योगधन्दाको (उद्योग, पर्यटन, विधुत प्राधिकरण, नेपाल टेलीकम्युनिकेसन र बैंक आदिको ) सक्रिय पार्टनरसीप हुनुपर्नेछ । त्यो भयो भने रोजगारदाता र रोजगारी पाउने दुवैको हित हुनेछ र गुणस्तर पनि कायम हुन सक्नेछ ।
-संस्थापक उपकुलपनि काठमाण्डौ विश्वविद्यालय तथा संस्थापक कार्यकारी निर्देशक सीटीइभीटी ।

सीटीइभीटी राष्टिय कर्मचारी संगठन स्मारिका २०७७बाट साभार ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्