वसन्तपुरमा चीर ठड्याइएसँगै विधिवतरुपमा सुरु भयो होली – Janadesh Daily | ePaper

वसन्तपुरमा चीर ठड्याइएसँगै विधिवतरुपमा सुरु भयो होली


जनादेश, काठमाडौं ।

वसन्तपुरमा होलीको चीर ठड्याइएसँगै आइतबारदेखि देशभर विधिवतरुपमा होली अर्थात फागु पर्व सुरुआत भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान साढे ८ बजेतिर तीन छत्रे होलीको चीर ठड्याइएको हो ।

चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ । होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत सुरु भएको वसन्तपुरस्‍थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्