अहिले देश परिर्वतनको जिम्मा शिक्षकको काधमा आएको छ : पूर्वसभामुख महरा – Janadesh Daily | ePaper

अहिले देश परिर्वतनको जिम्मा शिक्षकको काधमा आएको छ : पूर्वसभामुख महरा


देश परिर्वतनको जिम्मा शिक्षकको काधमा आएको छ : पूर्वसभामुख महरा
जनादेश, घोराही । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले देश परिर्वतनको जिम्मा शिक्षकको काधमा आएको बताएका छन् ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन घोराही नगर कमिटीले बाह्रकुनेमा आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालको शैक्षिक आन्दोलनमा शिक्षकको भुमिका महत्वपूर्ण रहेको भन्दै नेपालको पछिल्लो राजनितिक घटनाको निकास दिन देशभरका शिक्षकले सरकारलाई दवाब दिनु पर्ने धारणा व्यक्त गरे ।

आफ्नोे राजनितिक यात्रा शिक्षण पेशाबाट सुरु गरेको स्मरण गर्दै पूर्व सभामुख महराले पछिल्लो समय सरकारले शिक्षक माथि गरेको व्यवहार अन्यायपूर्ण रहेको टिप्पणी गरे ।

नेपालको मुलधारको राजनिति आफू लागेपनि फेरी शिक्षक पेशामा फर्कने चाहेको उल्लेख गरे । त्यसअबसरमा माओवादी केन्द्र दाङका संयोजक सुवास पुन, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश ईन्चार्ज बसन्तराज अधिकारी, जिल्ला अध्यक्ष हुकुम बुढाथोकी, लगाएतले बोलेका थिए ।

नगर अध्यक्ष मोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव खड्क बहादुर वलीले गरेका थिए । कार्यक्रममा घोराही नगरक्षेत्रका झण्डै २ सय शिक्षकको सहभागिता रहेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्