प्रदेश १ को मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री राई, कसलाई कुन मन्त्रालय ? – Janadesh Daily | ePaper

प्रदेश १ को मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री राई, कसलाई कुन मन्त्रालय ?


जनादेश, काठमाडौं ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । पुनर्गठित मन्त्रिपरिषदका सदस्यहरुलाई शुक्रबार अपरान्ह १ बजे सपथग्रहण राखिएको छ ।

राईले माओवादी केन्द्र छाडेर एमालेमा गएका सांसद टङ्क आङ्बुहाङ आर्थिक मामिला तथा योजनामन्त्री बनाउने भएका छन् भने सांसद उषाकला राई सामाजिक विकासमन्त्री बन्ने भएकी छिन् ।

त्यस्तै, अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार, राम राना कृषिमन्त्री र उदयपुरकी कला घले रमोरङका राजकुमार ओझालाई राज्यमन्त्री बनाउने तयारी भइरहेको स्रोतले बताएको छ । बाँकी मन्त्रालयमा अर्को हप्ता थप मन्त्री चयन गर्ने तयारी रहेको जानकारी गराइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्