प्युठान नगरपालिकाः कर्मचारीहरुका लागि विद्युतीय शासन र सूचना प्रविधि व्यवस्थापन तालिम शुभारम्भ – Janadesh Daily | ePaper

प्युठान नगरपालिकाः कर्मचारीहरुका लागि विद्युतीय शासन र सूचना प्रविधि व्यवस्थापन तालिम शुभारम्भ


जनादेश, प्युठान ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरको आयोजनामा प्युठान नगरपालिकामा कार्यरत कर्मचारीहरुका लागि विद्युतीय शासन र सूचना प्रविधि व्यवस्थापन तालिम कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख श्री अर्जुनकुमार कक्षापतिले शुभारम्भ गर्नु भएकोछ ।

नगरपालिकाको कार्यक्षमताको बिकासका लागि सूचना प्रविधिको व्यवस्थापन गर्नु आवश्यक छ । स्थानीय सरकार संचालनका लागि पढेर आर्जन गरेको ज्ञानलेमात्र प्रयाप्त नहुने र तालिमको माध्यमले विभिन्न ज्ञान सीप प्राप्त गरी नगरपालिकाले प्रदान गर्ने विभिन्न सेवालाई चुस्त राख्न अवश्य पनि सहयोग पुग्ने छ कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख कक्षापतिले भन्नु भयो । उहाँले भन्नु भयो कर्मचारीको क्षमता अभिबृद्धिका लागि नगरपालिकाले समय समयमा अन्य विभन्न तालिमहरु पनि निकट भविष्यमा संचालन गर्ने छ ।

कार्यक्रमका विशिष्ट अतिथी प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुषालले भन्नु भयो-स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले प्रदान गर्ने विधुतीय शासन र सुचना प्रविधिको व्यवस्थापन तालिमले स्थानीय तहहरुलाई पेपरलेस कार्यलयका रुपमा विकास गर्न, दैनिक कार्य संचालमा प्रविधिको प्रयोग गर्न सहयोग पुग्ने छ र अन्य स्थानीय तहहरुलाई पनि यस्ता खालका तालिमको आयोजना गर्नको लागि प्रेरणा प्रदान हुनेछ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले राष्टिय रुपमा आयोजना गर्ने विभिन्न तालिमहरुले स्थानीय तहले प्रदान गर्ने दैनिक सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न मद्दत गर्ने छ उहाँ भन्नु भयो ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठाका कार्यकारी निर्देशक एवं कार्यक्रमका अध्यक्ष डा.शैलेन्द्र गिरीेले भन्नु भयो-सुशासनका लागि विद्युतीय शासन अनिवार्य जस्तै भएको छ । विश्वमा भएको सूचना प्रविधिको तिब्र विकास र विस्तारले हाम्रा दैनिक जीवनका क्रियाकलापहरुलाई प्रभावीत गर्ने गरेको छ । विद्युतीय सरकार संचालनमा सूचना प्रविधिको अहम भूमिका रहने भएको हुँदा यसको व्यवस्थापनको पक्षमा पनि त्यतिकै ध्यान दिन आवश्यक छ । सबै स्थानीय तहरुले विद्युतीय शासन र सूचना प्रविधिको व्यवस्थापन तालिम संचालन गर्न सकेमा उनीहरुको कार्यक्षमतामा अभिवृद्धि हुनेछ कार्यकारी निर्देशक डा. गिरीले बताउँनु भयो ।

तालिमका सहभागीहरुलाई स्वागत गर्दै उप प्रमुख शान्ता आचार्यले भन्नु भयो-प्रविधिले हाम्रा कामहरुलाई सजिले बनाउँदै आएको भएता पनि त्यसलाई व्यवस्थान गर्नु चुनौती रहेको छ । विभिन्न ऐन कानुमा टेकेर हाम्रा दैनिक कार्यहरु सम्पादान हुने गरेको भएता पनि प्रविधि बिना अब यो सम्भब छैन् । त्यसैले हाम्रा सबै कर्मचारी मित्रहरु प्रविधि मैत्री भइदिनु हुन अनुरोध गर्दछु ।

तालिमको उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री यज्ञ बहादुर बुढा, वाडा अध्यक्षहरु र अन्य जनप्रतिधीहरुको पनि सहभागीता रहेको नगर प्रमुख श्री अर्जनकुमार कक्षापतिले जनादेशलाई बताउँनु भएको छ । यस तालिममा २५ जना कर्मचारीहरु सहभागीको रुपमा रहेका छन् भने तालिम पाँच दिनसम्म संचालन हुने छ ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्