प्युठान समाचारः हाम्रो एकता साप्ताहिकको बार्षिकोत्सब सम्पन्न (फोटो फिचर सहित) – Janadesh Daily | ePaper

प्युठान समाचारः हाम्रो एकता साप्ताहिकको बार्षिकोत्सब सम्पन्न (फोटो फिचर सहित)


जनादेश, प्युठान ।

हाम्रो एकता साप्ताहिकको १८औं बार्षिकोत्सब एवं संकटमा प्युठानको छापा पत्रकारिता र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशका सभामुख मा. पूर्ण घर्तिले भन्नु भयो पीत पत्रकारिताको भिडमा सत्य र न्याएका पक्षमा लेख्ने पत्रकारिको खाँचो दिनहँु दिन बढदै गइरहेको छ । पत्रकारिता पेशमा मात्र लागेर जीवन धान्न गाह्रो भइरहेको आजको परिपेक्षमा खोज पत्रकारितामा लाग्न पत्रकार मित्रहरुलाई आग्रह गर्नु भयो । सबै स्थानीय तहहरुलाई पत्रकारिता पेशालाई जोगाइ राख्न पनि आग्रह गर्नु भयो ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं कार्यक्रमका विशिष्ट अतिथि डा. शैलेन्द्र गिरीले भन्नु भयो डिजिटल मिडियाको प्रतिस्पर्धाका बीच छापा पत्रकारिता निकै चुनौतिपूर्ण अवस्थामा पुगेको छ । दक्ष जनशक्ति र सुचना प्रविधिका साथ खोज , सीप, र बिचार मुलक समाचार आजको दिनमा बिक्ने हुदाँ त्यस्ता समाचार उत्पादनमा प्रकाशकले ध्यान दिन जरुरी छ ।

जिल्लामा रहेका छापा पत्रकारितालाई सहयोग र समन्वय गर्दै आगामी दिनमा यसको उत्थानमा लाग्ने प्युठान नगरपालिकाका प्रमुख श्री अर्जुनकुमार कक्षपतिले बताउँनु भयो ।प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुषालले भन्नु भयो जिल्लाका समाचारहरुलाई जनसमक्ष पुर्याउँनमा छापा पत्रकारिताको अहम भूमिका रहेका छ । यसको विकस र विस्तार गर्नु आवश्यक पनि छ ।

कार्यक्रम हाम्रो एकता साप्ताहिकका सम्पादक एवं प्रकाशक श्री शुशील पोर्खेलको अध्यक्षता भएको थियो भने सहजकर्ताको भुमिका माहविर रानाले निवार्ह गर्नु भएको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्