दक्ष प्राविधिक खोज्न अब ‘खोज सेवा’ – Janadesh Daily | ePaper

दक्ष प्राविधिक खोज्न अब ‘खोज सेवा’


घरमै बसेर दक्ष प्राविधिक खोज्न अब ‘खोज सेवा’

सेवाग्राही र सेवा प्रदायक बीचमा सीधा सम्पर्क हुने गरी इजी एक्सेस प्रालीले ‘खोज सेवा डट कम’ सुरु गरेको छ । कुनै पनि कामका लागि कामदार वा प्राविधिक खोजी रहेका सेवाग्राही र कामको अवसर खोजेर बसिरहेका कामदार वा प्राविधिक बीचको सिधा सम्पर्कको माध्यम हो खोज सेवा ।

यो सेवाले तपाईलाई कुनै कामका लागि आवश्यक प्राविधिक खोज्न बजारसम्म जानुपर्ने, मोलमोलाई गर्नुपर्ने, काम भरपर्दो र चित्त बुझ्दो नहुने प्राविधिक ज्ञानको अभावमा अनावश्यक पैसा खर्च हुने, समयमा काम नहुने जस्ता झण्झटबाट मुक्त गर्ने कम्पनीले जनाएको छ ।

घरको सामान्य काम गर्ने मान्छे नपाएर हैरान हुँदा अथवा पाएर पनि उसको काम गराई चित्त बुझेको छैन भने खोज सेवाको वेवसाइटमा गई सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

यसका लागि खोज सेवाको वेभसाइटमा गएर अनिवार्य रुपमा अकाउण्ट खोल्नु पर्नेछ । अकाउन्ट खोल्नका लागि मोवाइल नम्वर अनिवार्य हुन्छ । आफूले गराउन चाहेको काम समय र ठाउँको विवरण भर्नुपर्नेछ । खोज सेवाले कामको विवरणलाई त्यो काम गर्ने कामदार वा प्राविधिकसम्म पु¥याउने छ ।

उपभोक्ताले भरेको विवरणका आधारमा सम्बन्धित कामको दक्ष कामदारले उसले लिने पारिश्रमिक र दिने सेवासमेत उल्लेख गरी सम्पर्क गर्नेछन् । उपभोक्ताले चित्त नबुझेको अवस्थामा सीधा नेगोसिएसन गर्न सक्नु सक्ने सुविधान पनि कम्पनीले दिएको छ । स्रोतः कारोवार दैनिक

https://www.karobardaily.com/news/information_technology/34197

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्