एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज – Janadesh Daily | ePaper

एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज


जनादेश, काठमाडैँ ।

नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खारेज भएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली(४ का लेखराज भट्ट, रौतहट(३ का प्रभु साह र कैलाली(३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्