विज्ञप्ति निकाले विप्लवले भने- म गुमनाम छैन, पार्टीको काममा सक्रिय छु – Janadesh Daily | ePaper

विज्ञप्ति निकाले विप्लवले भने- म गुमनाम छैन, पार्टीको काममा सक्रिय छु


जनादेश, काठमाण्डौ ।

नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द पार्टीको राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्ट पारेको छ ।

सञ्चार माध्यममा आएका विप्लव गुमनाम भन्ने समाचारको खण्डन गर्दै विप्लव समूहले एक विज्ञप्तिमार्फत उनी पार्टीको राजनीतिक तथा संगठनात्मक काममै व्यस्त रहेको स्पष्ट पारेको हो । समूहले अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गरेको छ ।

विप्लव समूहले पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । सरकारसँगको सहमतिमा प्रतिवद्ध रहेको भन्दै विप्लव समूहले सहमति भाँड्ने गरी गलत प्रचार नगर्न पनि आग्रह गरेको छ । गत फागुन तेस्रो साता सरकारसँग तीन बुँदे सहमतिका साथ विप्लव शान्तिपूर्ण राजनीतिक मूलधारमा आएका थिए ।

सरकारसँग फागुन २१ गते तीन बुँदे सहमतिमा हस्ताक्षर गरेर खुला भएको लामो समयसम्म पनि विप्लव नेतृत्वको नेकपाको राजनीतिक गतिविधि घटेका छन् ।

No description available.

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्