स्पेनिस ला लिगा एल क्लासिकोः बार्सालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो – Janadesh Daily | ePaper

स्पेनिस ला लिगा एल क्लासिकोः बार्सालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो


जनादेश स्पोर्ट्स ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको एल क्लासिकोमा महत्वपूर्ण जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो । बार्सिलोनाको जितमा १३ औँ मिनेटमा करिम बेन्जिामा तथा २८ औँ मिनेटमा टोनी क्रसले गोल गरे ।

बार्सिलोनाका लागि ६० औँ मिनेटमा ओस्कार मिन्गुएजाले एक गोल फर्काए पनि हार टार्न सकेनन् । ९० औँ मिनेटमा कासेमिरो दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि शीर्ष स्थानमा पुगेको रियल मड्रिडको ३० खेलबाट ६६ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा झरेको एथ्लेटिको मड्रिडको पनि ६६ अंक नै छ । तेस्रो स्थानमा पुगेको बार्सिलोनाको ३० खेलबाट ६५ अंक छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएका अरु खेलमा लेभान्टेले एइबर तथा काडिजले गेटाफेलाई समान १–० ले पराजित गर्दा एथ्लेटिको बिल्बाओ र एलाभेसले गोलरहित बराबरी खेलेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्