आइपिएलः चेन्नाइको निराशाजनक सुरुवात, दिल्लीले ७ विकेटले हरायो – Janadesh Daily | ePaper

आइपिएलः चेन्नाइको निराशाजनक सुरुवात, दिल्लीले ७ विकेटले हरायो


जनादेश स्पोर्ट्स ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा जित निकाल्दै दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।

मुम्बईमा भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई सात विकेटले पराजित गरेको हो ।

१८९ रनको लक्ष्य दिल्लीले १८ ओभर चार बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । दिल्लीका लागि शिखर धवनले ५४ बलमा ८५ तथा पृथिवी शवले ३८ बलमा ७२ रनको योगदान दिए । चेन्नईका शार्दुल ठाकुरले दुई विकेत लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको चेन्नईले सात विकेटको क्षतिमा १८८ रन बनाएको थियो । उसका लागि सुरेश रैनाले ३६ बलमा ५४, माइन अलीले २४ बलमा ३६, रवीन्द्र जडेजाले १७ बलमा २६ तथा अक्बाती रायडुले १६ बलमा २३ रन बनाए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्